२०८४ मा एक्लै चुनाव लडेर जित्छौँ, भ्रष्टहरूलाई फेरि बढार्छौं- अध्यक्ष प्रचण्ड

0 Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी पार्टी पदाधिकारी बैठकमा २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल भइरहको बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले, ‘पार्टीको पदाधिकारी बैठक चलिरहेको छ, बैठकमा २०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ, यस्तो महत्वपूर्ण समयमा तपाईहरू पार्टीमा आउनु भएको छ, यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्वपूर्ण सन्देश दिनेछ ।’

उनले १८ महिना सरकारको नेतृत्त्वमा रहँदा सुशासन, सामाजिक न्यायका पक्षमा अहोरात्र काम गरेको दाबी गरे । उनले भने, ‘१८ महिना सरकारको नेतृत्व गर्‍यौँ, हामीले असार २८ गते सरकार छोड्दा हामी विजयी भएर निस्किएका छौँ, भ्रष्टहरू मिलेर सरकार बनाएको कुरा बच्चा बच्चालाई पनि थाहा छ, यो कुरा जनतालाई पनि बुझाउन जरूरी छ ।’

पार्टी प्रवेश गर्दै युवा नेता जगदिश दाहालले प्रचण्ड सरकार इतिहासकै सबैभन्दा सफल सरकार भएको र प्रचण्ड सुशासनका प्रमुख भएकाले माओवादीमा प्रवेश गरेको बताए ।

सम्बन्धित समाचार