सौर्य एयरको विमान दुर्घटनामा पाइलटको उद्धार गर्ने प्रहरी सम्मानित

0 Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा पाइलटलाई सकुशल उद्धार गर्ने प्रहरीलाई सम्मान गरिएको छ । उनीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

यही साउन ९ गते विमान दुर्घटना हुँदा १८ जनाको निधन हुँदा पाइलट मनिषरत्न शाक्यको सकुशल उद्धार भएको थियो । जोखिमपूर्ण अवस्थाबाट विमान चालकलाई सकुशल उद्धार गर्ने ६ जना प्रहरी कर्मचारी पुरस्कृत भएका हुन् ।

प्रहरी प्रधान कार्यालयले उक्त जोखिमपूर्ण अवस्थामा पाइलटको उद्धार गर्न सफल प्रहरी कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताए ।

उनका अनुसार प्रहरी नायब उपरीक्षक सुकदेव खनाल र टेक बहादुर रावतसहित प्रहरी जवान श्रीराम परियार, करणसिंह चाइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशीलाई पुरस्कृत भएका हुन् ।

साउन ९ गते बिहान ११ बजेर ११ मिनेट जाँदा काठमाडौंबाट पोखरा जान लागेको विमान उड्नेबित्तिकै दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुने सौर्य एयरका कर्मचारी, इन्जिनियर तथा उनीहरूका आफन्त रहेका प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार