साताको अन्तिम कारोबार दिन पनि सुनको मूल्यमा गिरावट

0 Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा गिरावट भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले गिरावट भएको हो ।

योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्य एक लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला तेजाबी सुनको मूल्य एक लाख ४४ हजार ३०० कारोबार भएको थियो ।

आज शुक्रबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सातामा कारोबारको अन्तिम दिन एक हजार ७३० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार