0
Shares
काठमाडौँ । काठमाडौँबाट मर्मतका लागि पोखरा उड्न लागेको विमान दुर्घटनामा परेको छ ।
बिहीबार बिहान साढे १० बजे सौर्य एयरको नाइन एन एएमई सीआरजे २०० विमान उडान गर्नुअघि रनवे २ जीरोबाट पूर्वतर्फ चिप्लिएर दुर्घटनामा पर्दा आगो लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिएका छन् ।
उनका अनुसार जहाजमा १९ जना छन् । विमान चालक दलका सदस्य इन्जिनियर र कर्मचारी गरी १९ जना रहेको उनले बताए ।
यसमध्ये अधिकांशको उद्धार गरेर अस्पताल लगिएको र उनीहरुको अवस्थाबारे एकिन नभएको उनले बताए ।