0
Shares
काठमाडौँ । सौर्य एयरको विमान दुर्घटनामा परेपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।
सौर्य एयरको विमान धावनमार्गबाट चिप्लिएर गोठाटार तिरको घाँसे मैदानमा पुगेर आगलागी भएको थियो । बुधबार बिहान ११ बजेतिर सौर्य एयरलाइन्सको जहाज रनवेबाट पोखरा उड्ने क्रममा दुर्घटनामा परेको हो ।
विमानस्थलमा आगलागी भइ धुँवा उडिरेहेको देखिएको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् । ‘तत्कालका लागि विमानस्थल बन्द गरिएको छ,’ विमानस्थलका एक कर्मचारीले भने ।