सुनको मूल्यमा भारी वृद्धि, तोलामा कति पुग्यो ?

0 Shares

काठमाडौं । नेपाली बजारमा आज पनि सुन चाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलामा ११ सयले बढेर तोलाको एक लाख ४७ हजार ४०० रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि मंगलबार छापावाला सुनको मूल्य तोलाको एक लाख ४६ हजार ३०० रूपैयाँ रहेको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला एक लाख ४६ हजार ७०० रूपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ८०५ रूपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार