विचौलियाको पहलमा ओली नेतृत्वको सरकार गठन भएको सबैमा छर्लङ्ग छ : प्रचण्ड

0 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको गठबन्धनको सरकार विचौलियाहरुको पहलमा गठन भएको टिप्पणी गरेका छन् । नेकपा संस्थापक नरबहादुर कर्माचार्यको ११ औं स्मृति दिवको उपलक्ष्यमा माओवादी केन्द्रको केन्द्रीय पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले विचौलियाकै पहलमा नयाँ सरकार गठन भएकाले उनीहरुकैपक्षमा काम गर्ने उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारीलाई कारबाही गर्न खोज्दा बाहिरिनु परेको जनताले राम्रोसँग बुझेको बताए । ‘यो नयाँ गठबन्धन निक्कै षड्यन्त्रमुलकढंगले निक्कै अपादर्शी तरिकाले आमजनतामा स्थापित छ । विचौलियाहरुको पहलमा नयाँ गठबन्धनको नेतृत्वमा सरकार बनाइयो । उनीहरुको हितमा सरकारले काम गर्छ हामीले भनिराख्नु पदैन । समाज र आमजनतामा छर्लङ्ग भई सकेको छ’ उनले भने, “हामीले सरकार छोड्दा आफ्ना कुरा संसदमा सशक्त रुपमा राखेर विजेताको रुपमा बाहिर आयौं । सरकार गएकाहरु पराजित मानसिकतामा भएका छन् । हामी आक्रमक उनीहरु रक्षात्मक रुपमा कुरा राख्ने स्थिति बनेको छ ।’

आफ्नो नेतृत्वको सरकारले सुशासन र सामाजिक न्यायको पक्षमा केही पहल लिन खोज्दा समाजका केही तत्वलाई मन नपर्दा सरकारबाट बाहिरिनु पर्ने प्रचण्डले बताए । ‘हाम्रो पार्टीको नेतृत्वको सरकारले सुशासनको पक्षमा केही गम्भीर निर्णय लिँदै थियो । त्यो सबैलाई थाहा छ । सामाजिक न्यायको पक्षमा देशभित्र र देशबाहिर रहेका नेपालीपक्षमा उनीहरुलाई सामाजिक सुरक्षामा आवद्ध गर्ने कुरामा हक हितको पक्षमा केही महत्वपूर्ण निर्णय गरेका थियौं । मिटरब्याज जस्तो सामान्ती प्रवृत्तिका विरुद्ध केही कानुनी र केही व्यवहारिकपक्षमा केही रेकर्ड बनाएका थियौं । अर्थतन्त्रलाई बलियो बनाउन विस्तारै लयमा ल्याउने कोसिस गरेका थियौं,’ उनले भने ।

यस क्रममा उनले थपे, ‘सुशासनको पक्षमा पहिलो पटक सरकारको तर्फबाट दुर्गामी पहल भएपछि एउटा वर्ग एउटा तप्का, भष्टाचारमा लिप्त हुने तत्वहरुका लागि सहिय भएन । सुशासनको पक्षमा माओवादी नेतृत्वको सरकारले खेलेको भुमिका वा सामाजिक न्यायको पक्षमा खेलेको भुमिका अर्थतन्त्र सुधारको पक्षमा खेलेको भुमिका सहिय भएन त्यसपछि यो अवस्था आयो ।’ सरकारबाट बाहिरिएपछि सत्ता भन्दा जनतासँग जोडिएर पार्टीलाई बलियो बनाउन लाग्ने प्रचण्डले प्रष्ट पारेका छन् ।

सम्बन्धित समाचार