बहादुरसिंह लामा बने बागमतीको मुख्यमन्त्री

0 Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनले आजै कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

प्रदेश प्रमुख शर्माले आइतबार आज ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।

सम्बन्धित समाचार