संघीय सरकारदेखि प्रदेशसम्म माओवादी प्रतिनिधित्व शून्य

0 Shares

काठमाडौं
संघीय सरकारबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड‘प्रचण्ड’पदमुक्त भएपछि सातै प्रदेशबाट नेकपा माओवादी केन्द्रको प्रतिनिधित्व शून्य भएको छ । प्रचण्डले गत असार २८ गते विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए भने लुम्बिनी प्रदेश र बागमती प्रदेशबाट सोमबार माओवादी बाहिरिएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा र बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेलले सोमबार संसदलाई सम्बोधन गरेर राजीनामा दिएका हुन् । लुम्बिनी प्रदेशका मु्ख्यमन्त्री महरा र लुम्बिनी प्रदेशका जम्कट्टेलले विश्वासको मत पाउने अवस्था देखिएपछि नयाँ सरकार बनाउन सहज हुने गरी राजीनामा दिएका हुन् । सोमबार दुई प्रदेशबाट मुख्यमन्त्रीले राजीनामा दिएपछि संघीय सरकारदेखि प्रदेशसम्म माओवादी प्रतिनिधित्व शून्य भएपछि सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्ने भएको छ । संघीय सरकारदेखि प्रदेशसम्म नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्वमा सरकार गठन हुने भएका छन् । मधेश प्रदेश सरकारको नेतृत्व भने जनमत पार्टील लिइसकेको छ । अब माओवादी केन्द्रको सात ५३ स्थानीय तहमध्ये १२२ स्थानीय तहमा मात्रै सरकार हुने भएको छ ।

सम्बन्धित समाचार