विपीको नेपाली राजनीतिमा असाधरण योग्दान छ : प्रधानमन्त्री ओली

0 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको आन्दोलनमा बिपी कोइरालाको असाधारण योगदान भएको बताए । बिपी कोइराला राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई आइतबार सम्बोधन गर्दै ओलीले नेपालको राजनीति र साहित्यको क्षेत्रमा आफ्ना पदचिह्न छाड्न बिपी सफल भएको दाबी गरे ।

‘नेपाली राजनीति, नेपाली परिवर्तनको आन्दोलन, नेपाली साहित्य आकाश, यी सबैमा आफ्ना पदचिह्नहरू छाड्न अत्यन्तै सफल व्यक्ति हुनुहुन्छ’, उनले भने ।

नेपाली साहित्य राजनीतिलाई धेरै उचाइमा पुर्याउने काम बिपीले गरेको बताउँदै ओलीले उनको दुःख र संघर्ष अहिलेको पुस्ताले कल्पना गर्न नसक्ने खालको भएको प्रष्ट पारे ।

हिजोको संघर्षको कथा सुन्दा कथा जस्तो लाग्ने गरेको बताउँदै ओलीले भने, ‘धेरै भोगाइबाट आज यो अवस्था आएको छ, सम्झाउनको लागि हाम्रा अग्रजहरूले जे बलिदान दिनुभएको छ, त्यो बुझाउनु पर्छ ।’ नयाँ पिँढीले हिजोका धेरै कुरा थाहा नपाएकोले उनीहरूलाई सम्झाउनु पर्ने आफूहरुको अभिभारा भएको उल्लेख गरे ।

 

सम्बन्धित समाचार