सीजी फुड्स नेपालद्वारा क्यानलाई दियो १० लाख

0 Shares

काठमाडौँ । चौधरी ग्रुप मातहतको सीजी फुड्स नेपालद्वारा उत्पादित वाइवाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान)लाई १० लाख रूपैयाँ हस्तान्तरण गरेको छ। आईसीसी टी–२० विश्वकपमा सहभागी खेलाडीहरूलाई प्रोत्साहन स्वरुप सीजी फुड्सले घोषणा गरेअनुसार उक्त रकम प्रदान गरिएको हो।

वाइवाइले नेपाली टिमको प्रत्येक रनका लागि १ हजार, चौकाका लागि ८ हजार, छक्काका लागि १२ हजार, प्रत्येक विकेटका लागि १५ हजार, प्रत्येक अर्धशतकका लागि ५० हजार, प्रत्येक शतकका लागि १ लाख, र टिमको प्रत्येक जितमा १ लाख ५० हजार रूपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको थियो।

सुपर आठमा पुग्न सफल भएमा ३० लाख रूपैयाँ प्रदान गर्ने प्रतिबद्धता समेत वाइवाइले व्यक्त गरेको थियो। नेपाली टिमको समग्र प्रदर्शन अनुसार, रन, विकेट, चौका, र छक्काको गणना गरेर कुल ९ लाख ४४ हजार रूपैयाँ रकम संकलन भएकोमा वाइवाइले थप ५६ हजार थपेर १० लाखको चेक क्यानलाई हस्तान्तरण गरेको हो।

सम्बन्धित समाचार