लाइन विवाद समाधानका लागि छलफल गर्न ऊर्जामन्त्रीले बोलाए प्राधिकरण र उद्योगीहरुलाई

0 Shares

काठमाडौँ । नव नियुक्त ऊर्जा मन्त्री दिपक खड्काले डेडिकेटेड र ट्रंक लाइन विवाद समाधानका लागि छलफल गर्न भन्दै नेपाल विद्युत् प्राधिकरण र उद्योगीहरुलाई आज मन्त्रालयमा बोलाएका छन् ।

निकै विवादको बिषय बनेको डेडिकेटेड र ट्रंक लाइनको समस्या समाधानका लागि उनले दुवै सरोकारवाला पक्षलाई छलफलका लागि बोलाएका हुन् । प्राधिकरणले बिजुलीको बिल नतिरेको भन्दै उद्योगको लाइन काट्न थालेपछि उद्योगीहरु रुष्ट बनेका छन् ।

मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा उद्योगीहरुको गुनासो रहेको र उनीहरुले मन्त्रालयमा समेत निवेदन दिएकोले सरोकारवाला दुवै पक्षसँग छलफल गर्न बैठक बोलाइएको ऊर्जा मन्त्रालयको भनाइ छ । मन्त्रीको पहलमा बैठक बोलाइएको एक उद्योगीले बताए ।

सम्बन्धित समाचार