धादिङ । ज्वालामुखी गाउँपालिकाले दलित तथा विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।
गाउँपालिकाले १० जना दलित र १७ जना विपन्न गरी जम्मा २७ जना विद्यार्थीहरुलाई प्राविधिक शिक्षा छात्रवृत्ति वितरण गरेको हो । आज एक कार्यक्रमको आयोजना गरि गाउँपालिका भित्र प्राविधिक शिक्षा अध्ययनरत दलित तथा विपन्न विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गरिएको हो ।
छात्राबृत्ति वितरण कार्यविधि २०७९ अनुसार प्राविधिक क्षेत्रमा पढ्ने विद्यार्थीहरुलाई उत्प्रेरीत गर्न उद्धेश्यले प्रोत्साहन स्वरुप छात्रबृत्ति वितरण गर्दै आएको गाउँपालिकाका उपाध्यक्ष धर्म बहादुर अर्यालले बताएका छन् ।
प्राविधिक शिक्षा आजको आवश्यकता भएकाले विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुर्याउन प्राविधिक शिक्षातर्फ विद्यार्थीहरुको आकर्षण बढाउन छात्राबृत्ति कार्यक्रम संचालन गरिदै आएको उपाध्यक्ष अर्यालको जनाए ।