0
Shares
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे-मलेखु खण्ड १५ दिनसम्म बन्द हुने भएको छ । यो सडक खण्ड रातको समय पाँच घण्टा बन्द हुने भएको हो ।
नागढुंगा-मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड)ले सूचना प्रकाशित गर्दै सडक खण्ड २६ असारदेखि साउन ९ गतेसम्म बन्द हुने भएको हो । सडक राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने भएको हो ।
सडक खण्डमा गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरा खोलाका पुलको संरचनामा काम गर्ने गरी सडक बन्द गर्न लागिएको जनाएको छ ।
यस अवधिमा अत्यावश्यक सेवाका सवारी साधन (एम्बुलेन्स, सुरक्षा निकाय लगायत) चल्ने छन् । यो सडकको विकल्पमा गल्छी-बिदुर-छहरे-टोखा सडक प्रयोग गर्न सकिने आयोजनाले जनाएको छ ।
यसअघि नौबिसे खोलामा निर्माधीन पुलमा काम गर्न सहज बनाउनका लागि असार १९ र २० गते सडक बन्द गरिएको थियो ।

यो पनि पढ्नुहोस्