काठमाडौं भित्रिने मुख्य राजमार्ग नागढुंगा-नौबिसे दुई रात बन्द

0 Shares

काठमाडौं । काठमाडौं आउने मुख्य राजमार्ग धादिङको त्रिभुवन राजपथ (नागढुंगा–नौबिसे सडक खण्ड) दुई दिन रातको समयमा बन्द हुने भएको छ ।

नौबिसे खोलामा निर्माधीन पुलमा काम गर्न सहज बनाउनका लागि आज र भोलि अर्थात असार १९ र २० गते सडक बन्द हुने भएको हो । राति १० बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

यस समयमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन मात्रै चल्न पाउने छ । यस अवधिमा सबै चालकलाई लेन अनुशासन कायम राख्न, जथाभावी ओभरटेक नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

काठमाडौंबाट नौबिसे निस्कन वा नौबिसेबाट काठमाडौं आउन वैकल्पिक मार्गका रूपमा धार्के–सितापाइला सडक प्रयोग गर्न सक्नेछन् ।

सम्बन्धित समाचार