प्रधानमन्त्री र एमालेको दोहोरी- यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले-कहिलेपछि तिम्ले पराई ठानेपछि…

0 Shares

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नयाँ सरकार गठनमा संवैधानिक बाध्यता नरहेको टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद बर्तौलाले संविधानको धारा ७६ को उपधारा २ अनुसारको सरकार बनाउन कुनै पनि संवैधानिक अड्चन नरहेको दाबी गरे ।

यसअघिका विभिन्न नजिर, सर्वोच्च अदालतले गरेको व्याख्याअनुसार नयाँ सरकार धारा ७६ को उपधारा २ अनुसार बन्नेमा कुनै शंका नरहेको उनको जिकीर थियो ।

‘नयाँ सरकार कसरी बन्छ भन्नेबारेमा माननीय ज्यूहरुले आआफ्ना दलिल पेश गर्नु भयो, म सुन्दै छु, बालुवाटारमा केही कानून व्यवसायीहरुले प्रधानमन्त्रीलाई विभिन्न सुझाव दिनु भएको छ, तर सत्य के हो भने विभिन्न नजिरहरुले नयाँ सरकार संविधानको धारा ७६ को २ अनुसार बन्नेमा कुनै पनि अड्चन देखाएको छैन्, उनले भने ।

सांसद बर्तौलाले एमालेका मन्त्रीहरुले राजीनामा दिन बालुवाटार जाँदा प्रधानमन्त्री प्रचण्डले गाएको गीत गाएको प्रसंग उल्लेख गरे ।

यस क्रममा उनले भने, ‘एमालेका मन्त्रीले राजीनामा बुझाउन जाँदा प्रधानमन्त्री ज्यूले फत्तेमानको गीत गाउनु भएको थियो, यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले-कहिले, कसैलाई माया गर्नु एउटा भूल गरेँ मैलै,’ बर्तौलाले म अञ्जु पन्तको गीत स्मरण गर्न चाहन्छु भन्दै भने, ‘तिम्ले पराई ठानेपछि पराई हुन के भयो र, तिम्रो मेरो बीचको नाता भन्नु पनि के रह्यो र ?’

 

सम्बन्धित समाचार