0
Shares
काठमाडौं । नारायणी नदीको पुलबाट एक पुरुषले हाम फालेका छन् । आइतबार बिहान १०ः४० बजेको समयमा नवपुलरको गैँडाकोट र चितवनको नारायणगढ जोड्ने नारायणी पुलबाट पुरुष हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
नदीमा हामफालेसँगै विपत् व्यवस्थापनको प्रहरी टोलीले उनको खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । करिब ५० वर्ष उमेरका देखिने उनी साइकलमा आएका थिए ।
पुलबाट हाम फाल्नुअघि साइकल र आफूले लगाएको चप्पल र टोपी पुलमा नै राखेका थिए ।