एक दिनको वर्षाले पचासभन्दा बढी सडक बन्द

0 Shares

काठमाडौं । एक दिन परेको वर्षाका कारण देशभर दर्जनौँ सडक खण्ड अवरुद्ध भएको छ । शुक्रबार रातिदेखि परेको वर्षाले शनिबार साँझसम्म ५० वटा सडक खण्ड बन्द भएको हो ।

अविरल वर्षापछिको बाढी तथा पहिरोले सात प्रदेशका प्रमुख राजमार्गसहित ५० भन्दा बढी सडक अवरुद्ध बनेका छन् । बाढी पहिरोले तहसनहस पारेको सडक अवरोध हटाउँदै सम्पर्क सञ्जाल खुलाउने पहल सुरु भएको प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले जानकारी दिए ।

जोखिम बढेकाले केही दिन यात्रा नगर्न सुझावसहितको सूचना सर्वसाधारणका लागि सरकारले जारी गरेको छ ।

सम्बन्धित समाचार