आज देशभर वर्षा हुने, यी स्थानमा भारी वर्षाको सम्भावना

0 Shares

काठमाडौं । हाल देशभर मनसुनी वायुको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म फैलिएको छ । जसका कारण देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेस प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ ।

राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन रचट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार