धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

0 Shares

काठमाडौँ । मोटरसाइकल दुर्घटना हुँदा धनगढीमा एक जनाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका-१८ फुलबारीमा हसुलियातर्फ जाँदै गरेको से३ प५६९५ नम्बरको मोटरसाइकल नालामा खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक कैलारी गाउँपालिका-८ का कृष्ण चौधरीको शनिबार बिहान उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि बसेका २८ वर्षका यादव चौधरी सामान्य घाइते भएक छन् ।

 

सम्बन्धित समाचार