प्रदर्शनका कारण सवारी आवागमन प्रभावित

0 Shares

काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा प्रदर्शन हुँदा सवारी आवागमन प्रभावित बनेको छ।

शुक्रबार दिउँसो काठमाडौंका विभिन्न क्षेत्रमा प्रदर्शन भइरहेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी जीवनकुमार श्रेष्ठले जनाएको छ ।

उनले भने, ‘हामीले प्रदर्शन गर्नेहरूलाई सडक छेउमा राखेर ट्राफिक व्यवस्थापन गरिरहेका छौं ।’ मिटरब्याज पीडित, लघुवीत्त पीडित लगायत विभिन्न समूहको प्रदर्शनका कारण काठमाडौंको सवारी व्यवस्थापन प्रभावित बनेको हो ।

अहिले भद्रकालीमा मिटरब्याजी पीडितहरू प्रदर्शनरत छन् । उनीहरूले त्यहाँ कोण सभा गरिरहेका छन् । लघुवित्त पीडितहरू बालुवाटारमा प्रदर्शन गरेका थिए। जसकारण पनि केहीबेर ट्राफिक जाम भएको हो।

काठमाडौंको माइतीघरमा हुँदै आएको कार्यक्रम पछिल्लो समय जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र तोकेसँगै प्रदर्शन गर्नेहरू विभिन्न ठाउँमा प्रदर्शन गर्न पुगेका छन् ।

सम्बन्धित समाचार