0
Shares
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपा पुगेका छन् ।
पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्म जयन्तीको अवसरमा उनी सानेपा पुगेका हुन् ।
कांग्रेस र एमालेबीच सत्ता गठबन्धन हुने भएसँगै कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री एउटै कार्यक्रममा पुगेका हुन् । यस्तै, उक्त कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत पुगेका छन् ।
सोमबार मध्यराति प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित बन्दै ओली प्रधानमन्त्री बन्ने सहमति भएको थियो ।
