काठमाडौँ महानगरपालिकाद्वारा स्थानीय पेयपदार्थको ब्राण्डिङ सुरु

0 Shares

काठमाडौँ । महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको ब्राण्डिङ’ सम्भाव्यता अध्ययन सुरु गरेको छ ।

पेयपदार्थको गुणस्तरियतालाई ब्राण्डिङ गरेर विश्व समक्ष पुर्याउने सम्भावनालाई अध्ययनबाट हेर्न लागिएको कामपाले जनाएको छ । यो कार्यक्रमलाई कामपा सहकारी विभागले अगाडि बढाएको हो ।

यसमा समुदायले सांस्कृतिक प्रयोजनका लागि उत्पादन गरेका वस्तुको मात्र अध्ययन हुनेछ । पहिलो चरणको अध्ययन सुरु भइसकेको छ । यसबाट कुन ठाउँमा कसले बनाएको उत्पादन कुन कुन प्रयोजन ‘शुभ कार्य, औषधि, पिउने का लागि ब्राण्डिङ’ गर्न सकिन्छ भन्ने थाहा हुनेछ ।

त्यसपछि आवश्यक कानुनी व्यवस्था गर्ने र यसका आधारमा मूल्य, कर र प्रयोजन निर्धारण गरिने बताइएको छ । नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन गर्ने पेयपदार्थ औषधिका रुपमा समेत प्रयोग हुने गरेका छन् ।

जन्म मृत्युबीचका संस्कार तथा शुभकार्य, जात्रा पर्व, पाहुना आउँदा वा बिदाइ गर्दा आफैँले उत्पादन गरेको पेयपदार्थ ‘ऐला, ठोँ’ लाई गुणस्तरीय मानिन्छ ।

सम्बन्धित समाचार