कुकुरसँग ठोक्किएर एक जनाको मृत्यु

0 Shares

काठमाडौं । झापाको कमल गाउँपालिकामा कुकुरसँग ठोक्किएर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार केर्खाबाट दमक आँउदै गरेको प्र १-०१-०१४ प ८९१४ नम्बरको मोटरसाइकल शुक्रबार बेलुका कमल गाउँपालिका ५ सावित्र चोकमा बाटो काट्दै गर्दै गरेको कुकुरसँग ठोक्किएर दुर्घटना भएका थियो । घटनामा दुई जना घाइते भएका थिए ।

घाइतेमध्ये मोटरसाइकल पछाडि सवार रहेका शिवसताक्षी २ का ४० वर्षीय नवीन आचार्यको शनिबार साँझ उपचारका क्रममा मृत्यु भएको गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आचार्यको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको थियो ।

अर्का घाइते सोही ठाउँका मोटरसाइकल चालक २६ वर्षीय पदमबहादुर पौडेलको दमकस्थित निम्स अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार