काठमाडौँ । दहीलाई हिन्दू धर्म अनुसार, सगुन अर्थात शुभ संकेतका रुपमा लिइन्छ । कुनै काम शुरु गर्नुभन्दा पहिले सगुनका रुपमा दही खाने प्रचलन छ । तर, दहीले तपाईंलाई शुभसाइतको मात्र काम गर्दैन, स्वास्थ्यका लागि पनि फाइदाजनक छ । दहीमा हुने रासायनिक पदार्थले पाचन प्रक्रियालाई सहज बनाउँछ । दहीमा पाइने प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बी जस्ता पोषक तत्वका कारण पनि यो स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ ।
दही खानुका फाइदा
-दहीमा प्रोटिन उच्च मात्रामा पाइन्छ । यसलाई खाँदा ऊर्जा दिने, भोक लाग्ने क्रम कम हुने र अन्त्यमा तौल समेत कम बनाउँछ ।
-चिउरा जुनसुकै बेलामा पनि खान सकिन्छ ।
-चिउरामा कार्बोहाइड्रेड भएकाले यसले शक्ति प्रदान गर्दछ ।
-चिउरामा आइरनको मात्रा बढी हुन्छ ।
-डिप्रेसन र चिन्ता घटाउँछ किनकि प्रोबायोटिक्स्मा हुने कीटाणुले चिन्ता र डिप्रेसन घटाउँछन् ।
-रगतमा हुने खराब कोलेस्ट्रोल घटाउँछ ।
-विभिन्न मुटुको रोगका साथै रक्तचाप घटाउँछ ।
-सङ्क्रमण कम गराई रोग विरुद्ध लड्ने क्षमता बढाउँछ ।
-डण्डीफोर, एक्जिमा लगायत अन्य छालाका समस्यामा उपयोगी हुन्छ ।
-दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, भिटामिन प्राप्त हुन्छ ।
-पाचन राम्रो बनाउने र स्नायु सम्बन्धी विकृति कम गर्ने जस्ता काम पनि गर्छ ।
-दही हाम्रो शरीरलाई चाहिने लगभग धेरै किसिमका पौष्टिक तत्वहरू (क्याल्सियम, भिटामिन बी कम्प्लेक्स् र खनिज) ले भरिपूर्ण हुने भएकोले यो खानाले रोग विरुद्धको प्रतिरोध क्षमता बढाई सम्पूर्ण स्वास्थ्यलाई सामान्य रूपमा राख्न सहयोग गर्छ ।
-दही खानाले यसमा पाइने प्रोबायोटिक्स्ले पाचन प्रणालीलाई राम्रो बनाउँछ जसले गर्दा ग्यास्ट्राइटिस्, वायु गोला, पखाला वा कब्जियत हुन पाउँदैन र भएमा निको हुन्छ ।