काठमाडौंका यी क्षेत्रमा पाँच बजेसम्म विद्युत् अवरुद्ध

0 Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा साँझ ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।

प्राधिकरणले एक सूचना जारी गर्दै रत्नपार्क वितरण केन्द्रको बबरमहल फिडरअन्तर्गत पर्ने क्षेत्रमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुने जनाएको छ।

प्राधिकरणका अनुसार उक्त फिडरअन्तर्गत पर्ने खुला मञ्च क्षेत्र, सैनिक मञ्च हुँदै भद्रकाली, कृषि विकास बैंक, नेपाल आर्मी ब्यारेक, सुन्धारा, भन्सार विभाग हुँदै रानीपोखरीसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।

ती क्षेत्रमा प्रिभेन्टिभ मेन्टिनेन्स गर्नका लागि फिडर सटडाउनमा राख्नु पर्ने भएकाले ती स्थानमा विद्युत काटिने र कामअगाडि नै सकिए विद्युत् सेवा सुरू हुने प्राधिकरणले जनाएको छ ।

सम्बन्धित समाचार