केई एसयूभी एक्स–३ प्रोको बुकिङ खुल्यो, मूल्य ४६ लाख ९६ हजार

0 Shares

काठमाडौँ । नेपालमा केई मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी प्रालिले केईको इलेक्ट्रिक एसयूभी एक्स–३ प्रोको बुकिङ खुलाएको छ।

कम्पनीले भाटभटेनीमा सुविधासम्पन्न सोरुम सञ्चालनमा ल्याएसँगै गाडीको बुकिङ खुलाएको हो। सुरुमा एक्स–३प्रो मोडल दुई भेरियन्टमा बुकिङ खुला गरिएको कम्पनीले जनाएको छ।

कटिङ एज टेक्नोलोजी, स्लिक डिजाइन र उत्कृष्ट पर्फर्मेन्स दिन सक्ने एक्स–३प्रो मोडल कम्प्याक्ट एसयूभी सेग्मेन्टमा सानदार मोडल बन्ने कम्पनीको विश्वास छ। गाडीमा ५३.६ किलोवाट आवर क्षमताको लिथियम आयोन फस्फेट ब्याट्री, १२० किलोवाट क्षमताको मोटर र अधिकतम टर्क २८० एनएम छ।

कम्पनीका अनुसार यो गाडीले सिंगल चार्जमा ४०१ किलोमिटर रेन्ज दिन्छ भने यसलाई ७ किलोवाट क्षमताको एसी चार्जरले ८ घन्टामा फुल चार्ज गर्न सकिन्छ। १०० किलोवाटसम्मको चार्जर सपोर्ट गर्ने एसयूभीलाई ३० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।

कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आउने एक्स–३प्रो मोडलको लम्बाइ ४४०० मिलिमिटर, चौडाइ १८३१ मिलिमिटर र उचाइ १६५३ मिलिमिटर रहेको छ।

पाँचसिटे क्षमताको एसयूभीमा २६३२ एमएम लामो ह्वीलवेस, अगाडि म्याकफेर्सनको इन्डिपेन्डेन्ट सस्पेन्स, पछाडि मल्टी लिंक इन्डिपेन्डेन्ट सस्पेन्स, १८३ एमएमको ग्राउन्ड क्लियरेन्सजस्ता सुविधा छन्। यो गाडी विभिन्न ५ कलर अप्सन ग्राहकले खरिद गर्न सक्छन्।

वातावरणमैत्री इलेक्ट्रिक एसयूभीको पर्फर्मेन्ससँगै स्लिक डिजाइन र मोर्डन फिचर रहेका छन्। केई एक्स–३ प्रोमा प्रयोग भएका सम्पूर्ण लाइट एलइडी छन् भने १०.२५ इन्चको आधुनिक इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्चको एलसीडी इन्फर्मेसन क्लष्टर, इन्टेलिजेन्ट स्काईरुफ, ड्युल जोन एसी, वायर लेस चार्जर, पावर एड्जस्टेवल ड्राइभर सिट रहेको छ।

एक्स–३प्रो सुरक्षाको हिसाबले पनि उत्कृष्ट हुनुका साथै एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टमसँगै एडास फिचर पनि समावेश छन्। एडासभित्र विशेष गरी हिल होल्ड एसिस्ट, हिल डिसेन्ट कन्ट्रोल, क्रुज कन्ट्रोल, इबीडीसहितको एबीएस ट्रयाक्सन कन्ट्रोल सिस्टम छन्।

कम्पनीले ब्याट्रीसहित सबै किसिमका मोटरलगायत इलेक्ट्रिकल कम्पोनेन्टमा ८ वर्षको वारेन्टी दिएको छ। ग्राहकले भाटभटेनीस्थित सोरुममा गएर केई एक्स्–३प्रोको टेस्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ।

हाल कम्पनीले केर्ई एक्स–३प्रोको डिलक्स र फ्ल्यागसिप भेरियन्ट उपलब्ध गराउनेछ। कम्पनीले यसको सुरुआती मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरियन्टको ४८ लाख ९६ हजार रुपैयाँ पर्ने जनाएको छ।

सम्बन्धित समाचार