ललितपुर मनाइँदै आएको राष्ट्रिय धान दिवस यो वर्ष चितवनमा मनाइने, हालसम्म ९.८ प्रतिशत रोपाइँ

0 Shares

काठमाडौँ । ललितपुरको खुमलटारस्थित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) परिसरमा मनाइँदै आएको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव यो वर्ष चितवनमा मनाइने भएको छ।

‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नारासहित २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव असार १५ मा चितवनमा मनाइने भएको हो।

कृषि विभागका महानिर्देशक डा।नरहरिप्रसाद घिमिरेले धानबालीको ठूलो ब्लक, मेसिनरी प्रयोग भएकाले चितवनमा यो वर्ष धान दिवस मनाउने निर्णय भएको बताए।

विभागले हालसम्म हालसम्म ९.८ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको र यो वर्ष १३ लाख ९८ हजार ८३६ क्षेत्रफलमा धान रोपाइँ हुने प्रारम्भिक अनुमान गरेको छ। गत वर्ष देशभर करिब १४ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो।

सम्बन्धित समाचार