नामिबिया र नेदरल्याण्ड्स भिड्दै, नेपाली टोलीलाई कस्तो असर पर्ला ?

0 Shares

काठमाडौं । आइसिसी विश्वकप लिग २ अन्तर्गत शुक्रबार नामिबिया र नेदरल्याण्ड्स भिड्ने भएको छ । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुने छ । तर, काठमाडौंमा पानी परेकाले खेल केही ढिला सुरु हुन सक्ने सम्भावना रहेको छ ।

नामिबिया नेदरल्याण्ड्ससँग पहिलो खेलमा सात विकेटले पराजित भएको थियो । नेपाललाई दुई खेलमा हराएको नामिबिया शीर्ष स्थानमा छ ।

पहिलो खेलमा नामिबियाले दिएको १२४ रनको झिनो लक्ष्य नेरदल्यान्ड्सले तीन विकेट गुमाएर भेट्टाएको थियो । टस जितेर पहिला फिल्डिङ गरेको नेरदल्यान्ड्सले नामिबियालाई १२३ रनमा अलआउट गरेको थियो ।

नेरदल्यान्ड्सका लागि मिचेल लिभितले सर्वाधिक ५७ रन बनाए । म्याक्स ओउडोले २८ रन बनाएका थिए । आजको खेलमा नामिबिया पराजित भए नेपाललाई फाइदा हुने छ । आजको खेलपछि सिरिजको अन्तिम खेलमा आइतबार नेपाल र नेदरल्यान्ड्स भिड्ने छ ।

विश्वकप लिग २ मा ८ टिमले प्रतिस्पर्धा गरेका छन् । जसको शीर्ष चारमा पर्ने टिमले विश्वकपको ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्ने छन् ।

 

सम्बन्धित समाचार