कृषि विकास बैंकले माग्यो ११२ जना कर्मचारीको आवेदन

0 Shares

काठमाडौं । कृषि विकास बैंकले ११२ जना कर्मचारीको आवेदन माग गरेको छ । एक सूचना प्रकाशन गर्दै बैंकले शाखा अधिकृतदेखि लेखापालसम्म कर्मचारी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।

बैंकले दुई जना शाखा प्रमुख, दुई जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, दुई जना कम्प्युटर अधिकृत, एक जना आइटी इन्जिनियर, ६ जना कर्जा अधिकृतका लागि आवेदन खुलाएको हो ।

त्यस्तै १६ जना व्यवसाय सहायक, एक जना कानून सहायक, तीन जना कर्जा सहायक, एक जना ओभरसियर र ४६ जना लेखापाल मागेको छ ।

ती पदहरूका लागि योग्यता पुगेका नेपाली नागरिकहरूले आजदेखि चैत १ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्ने छन् ।

सम्बन्धित समाचार