महिलाको अन्तरङ्ग तस्बिर आफन्तलाई पठाइदिने पुरुष पक्राउ

0 Shares

काठमाडौं । सामाजिक सञ्जालबाट महिलाको चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नुवाकोट शिवपुरी गाउँपालिका ४ का २७ वर्षीय किरण थापालाई पक्राउ गरिएको हो ।

अभियुक्तले ती महिलासँग सम्बन्ध रहेका बेला खिचिएका अन्तरङ्ग तस्बिर र भिडिओ निजसँग सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट महिलाका परिवारलाई पठाएर चरित्रहत्या गरेका केन्द्रीय प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको टोलीले गरेको अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट अभियुक्तले सामाजिक सञ्जालको दुरुपयोग गरेको पुष्टि भएपछि निजलाई गोङ्गबुबाट पक्राउ गरिएको जनाइएको छ ।

सम्बन्धित समाचार