पहिरोले तीन घर बगाउँदा चार जना बेपत्ता

0 Shares

काठमाडौं । लमजुङमा पहिरोले तीन वटा घर बगाउँदा चार जना बेपत्ता भएका छन् ।

जिल्लाको क्व्होलासोथार गाउँपालिका ३ मा राति पहिरो जाँदा तीन घर बगाएको हो । घटनामा चार जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

पहिरोले घर बगाएको खबर आएपछि सुरक्षाकर्मीको टोली घटना स्थल गएको छ । घटना स्थलमा राम्रोसँग फोन सम्पर्क नहुने प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार