आज पाँच प्रदेशमा वर्षाको सम्भावना, अन्य स्थानको मौसम कस्तो ?

0 Shares

काठमाडौं । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।

बागमती, कोशी र गण्डकी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भागमा साधारणतया बदली रहने जनाएको छ । यीका केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भागमा आंशिकदेखि साधारणतया बदली रहने छ ।

यी प्रदेशका धेरै स्थान, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार