नगरसभाको बैठकमा पेलेरै अघि बढे बालेन

0 Shares

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह नगरसभाको बैठकमा पेलेरै अघि बढेका छन् ।

नगरसभाको बैठकमा महानगरको नीति तथा कार्यक्रम संशोधन गर्नको लागि प्रस्ताव परेपनि पारित नभइ बजेट बाचन गर्न थालिएको हो ।

वडाध्यक्षहरुले १६० जनाले हस्ताक्षर परेको नीति पहिला पास गर्नुपर्ने अडान राखेपनि बालेनले उपप्रमुख सुनिता डंगोललाई बजेट वाचन गर्न आग्रह गरे ।

आज बजेट मात्रै प्रस्तुत हुने तर बजेटमाथि छलफल अर्को बैठकमा हुने भन्दै नीति र कार्यक्रम एकैपटक पास गरेपनि हुने बालेनको तर्क छ ।

सम्बन्धित समाचार