0
Shares
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन् । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार उनलाई उपकुलपति नियुक्त गरेका हुन् ।
प्रधानमन्त्रीले उपकुलपति नियुक्तिका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वमा समिति बनाएका थिए । समितिले अन्तिममा प्रा.डा. बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो ।
यसमध्ये प्रधानमन्त्रीले पहिलो नम्बरमा रहेका बुढाथोकीलाई छाडेर बराललाई उपकुलपति बनाएका हुन् । मापदण्डका आधारमा बुढाथोकी अरूभन्दा २ अंकले अगाडि थिए ।
उपप्राध्यापकका रुपमा महेन्द्र मोरङ क्याम्पसबाट अध्यापन सुरु गरेका बराल विं.सं. २०६४ मा पोखरा विश्वविद्यालयको उपकुलपति भएका थिए । पोखरा विश्वविद्यालयलाई विस्तार गर्ने श्रेय उनै बराललाई जान्छ ।