जसले राजदूत पद अस्वीकार गरेर सरकारलाई पत्र लेखे

0 Shares

काठमाडौं । सरकारले राजदूत नियुक्त गरेका सुशील प्याकुरेलले पद अस्वीकार गरेका छन् ।

प्याकुरेलले राजदूतमा नियुक्त गर्नुअघि आफूसँग कुनै किसिमको सम्पर्क र संकेत नदिइएको उल्लेख गर्दै प्रधानमन्त्रीलाई पत्र लेखेर आफ्नो सिफारिस फिर्ता लिन आग्रह गरेको हो ।

उनले राजदूत नियुक्ति सम्बन्धि विगतमा सरकारले तय गरेका मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालको विषयमा समेत गम्भीर विमर्श आवश्यक रहेको बताए । उनलाई सरकारले दक्षिण कोरियाका लागि राजदूतमा सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार