पछिल्लो हप्ता सुनको मूल्यमा भारी वृद्धि, यस्तो छ कारण

0 Shares

काठमाडौं । पछिल्लो एक सातामा नेपाली बजारमा सुनको मूल्य भारी वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यो साता सुनको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँ बढेको हो ।

महासंघका अनुसार गत शुक्रबार तोलामा एक लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य कारोबारको अन्तिम शुक्रबार असार ७ गते एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँ बढेको छ । जसअनुसार असार २ गते एक हजार ८२० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी अन्तिम शुक्रबार एक हजार ८६५ रुपैयाँमा कारोबार भएको छ ।

सरकारले भन्सार दरका साथै अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएसँगै नेपाली बजारमा सुनको मूल्यमा आकासिदै गएको छ ।

सम्बन्धित समाचार