आज चार प्रदेशमा भारी वर्षासमेत हुने, बाँकी स्थानको मौसम कस्तो ?

0 Shares

काठमाडौं । हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भागमा र लुम्बिनी प्रदेशका पूर्वी भागमा रहेको छ । बाँकी भागमा स्थानीय र पश्चिमि वायुको आंशिक प्रभाव रहेको छ ।

जसका कारण कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भागमा मौसम सफा रहेको छ । गण्डकी प्रदेशको थोरै तथा कोशी, मधेस र बागमती प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । यी प्रदेशको थोरै तथा बाँकी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली, लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी प्रदेशका केही स्थानसहित केही प्रदेशका एक दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार