नेपाल टेलिकम कार्यालयमा करेण्ट लागेर युवकको मृत्यु

0 Shares

काठमाडौं । सर्लाहीको बरहथवा टेलिकम कार्यालयमा काम गर्ने एक जनाको करेण्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा बरहथवा नगरपालिका १० बस्ने २१ वर्षीय आवोध ठाकुर रहेका छन् ।

बिहीबार बिहान करिब ११ बजे बरहथवा नगरपालिका ५ स्थित टेलिकमको कार्यालयमा करेण्ट लागेर आवोध र उनको भाइ १९ वर्षीय आनन्द घाइते भएका थिए ।

दुवै जनालाई एडभान्स सञ्जिवनी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा आवोधलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी जनाएको छ ।

मृतकका भाइ आनन्दको उपचार भइरहेको छ । प्रहरीका अनुसार उनको अवस्थ सामान्य रहेको छ ।

सम्बन्धित समाचार