0
Shares
धादिङ । जिल्लाको सिद्धलेक गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सिद्धलेक गाउँपालिका २ नलाङस्थित खिर्रेमा ज १ ज ४४४ नम्बरको जिप दुर्घटना हुँदा नलाङ पोखरी गाउँका ५२ वर्षीय लोक बहादुर गुरुङ मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिप सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरीको भनाइ छ । दुर्घटनामा एक जना घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।