विश्वकपमा रोहित पौडेलसँग निहुँ खोज्ने बंगलादेशी बलरलाई कारबाही

0 Shares

काठमाडौं । नेपालका कप्तान रोहित पौडेलसँग आक्रमक व्यवहार देखाएका बंगलादेशका बलर तान्जिम हसन सकिबलाई कारबाही गरिएको छ ।

जारी टी २० विश्वकपअन्तर्गतको खेलका क्रममा आईसीसीले सकिबले नियम विपरीत व्यवहार गरेको भन्दै म्याच फिसको १५ प्रतिशत जरिवाना गरेको हो ।

नेपाल र बंगलादेशविरुद्धको खेलमा बलिङ गर्ने क्रममा सकिबले खेलको तेस्रो ओभरपछि आक्रामक हुँदै भनाभन गरेका थिए ।

आईसीसीले सकिबले खेलको तेस्रो ओभरपछि नेपालका कप्तान रोहित पौडेलको नजिक गएर आक्रामक व्यवहार देखाउँदै गलत तरिकाले फिजिकल सम्पर्क गरेको उल्लेख गरेको छ ।

त्यसपछि दुवै खेलाडी बीच भनाभन भएको र एम्पायरले दुवैलाई अलग गरेका थिए । सकिबको गलत व्यवहारबारे एम्पायरले सोही समयमा बंगलादेशका कप्तान नाजमुल होसैन शन्तोलाई जानकारी गराएका थिए । आईसीसीले जरिवानाको अलावा सकिबलाई एक डिमेरिट अंकसमेत दिएको छ ।

सम्बन्धित समाचार