आज यी चार प्रदेशमा वर्षा हुँदै, अन्य स्थानको मौसम कस्तो ?

0 Shares

काठमाडौं । हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

जसका कारण कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली तथा बाँकी भागमा मौसम सफा रहेको छ । कोशी, गण्डकी र बागमती प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । यी प्रदेशको केही तथा मधेस प्रदेशलगायत बाँकी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना छ ।

त्यस्तै, आज राति यी प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ । केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार