प्रभु साहलाई वैदेशिक रोजगार उद्धार नेपालले गर्‍यो सम्मान

0 Shares

काठमाडौं । पूर्व मन्त्रीसमेत रहेका आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहलाई सम्मान गरिएको छ ।

काठमाडौंमा एक समारोहबीच वैदेशिक रोजगार उद्वार नेपाल नामक संस्थाले उनलाई सम्मान गरेको हो । संस्थाका अध्यक्ष इन्द्रलाल गोले, सचिव रिता परियारले संयुक्त रूपमा अध्यक्ष साहलाई खाँदा ओढाएर कदर पत्रबाट सम्मानित गरेका छन् ।

वैदेशिक रोजगार पीडितको पक्षमा आजपाले निरन्तर सड़कदेखि सदनसम्म संघर्ष गरिरहेकोमा “वैदेशिक रोजगार उदार नेपाल”ले हामीलाई सम्मान गर्दै आगामी दिनमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले जानकारी दिएका छन् ।

अध्यक्ष साह नेतृत्वको आजपा निकट आईटी आर्मीले वैदेशिक रोजगार पीडितको हकमा विभिन्न संघर्षको कार्यक्रम गर्दै आएको छ ।

सम्बन्धित समाचार