काठमाडौंका निजी पेट्रोल पम्प बन्द, सरकारीमा भीड थेग्नै कठिन

0 Shares

काठमाडौं । पेट्रोलियम ढुवानी मजदुरले आइतबारबाट विभिन्न माग राख्दै सुरु गरेको आन्दोलनका कारण राजधानीमा पेट्रोलको अभाव देखिएको छ ।

आन्दोलनका कारण निजी क्षेत्रका पेट्रोल पम्पले पेट्रोलियम बिक्री वितरण रोकेर पेट्रोल पम्प बन्द गरेपछि सरकारी पम्पमा पेट्रोल भर्नेको भीड देखिएको छ ।

नेपाल आयल निगमका अनुसार शनिबारदेखि ट्यांकर चालकले विभिन्न माग राखेर आन्दोलन गरिरहेका छन् । यसका कारण पेट्रोलियम पदार्थ अभाव देखिएको हो ।

चालकले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर नचलाएका कारण पेट्रोलियम पदार्थ पम्पसम्म पुग्न सकेको छैन ।

ट्यांकर चालकको संघले विज्ञप्ति जारी गर्दै शनिबार कालोपट्टी बाँधेर, आइतबार गाडीमा कालो झण्डा राखेर र सोमबार पूर्ण रूपमा काम छाडेर ट्यांकरको साँचो सवारी धनीलाई हस्तान्तरण गरेर विरोध गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

सम्बन्धित समाचार