पहिरो खस्दा मुग्लिन-मलेखु सडक अवरुद्ध

0 Shares

काठमाडौं । पहिरो खसेसँगै मुग्लिन-मलेखु सडक खण्ड अवरुद्ध बनेको छ ।

पृथ्वी राजमार्गको मुग्लिन-मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो ।

सडक निर्माणका क्रममा खनेका ठाउँमा आज बिहान पहिरो खस्दा राजमार्गमा सवारी साधान आवत जावत रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले जानकारी दिए ।

यतिबेला अहिले पहिरो पन्छाउने काम जारी रहेको छ । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारी साधन बाटोमै रोकिएका छन् ।

सम्बन्धित समाचार