विश्वकपमा सन्दीप लामिछानेले बनाए दोस्रो विश्व रेकर्ड

0 Shares

काठमाडौं । स्पिनर सन्दीप लामिछानेले टी २० विश्वकपमा नयाँ रेकर्ड बनाएका छन् । उनले ५४ खेलमा १०० विकेट लिँदै नयाँ रेकर्ड बनाएका हुन् ।

बंगालदेशविरुद्ध खेलमा लामिछानेले आफ्नो १०० विकेट पूरा गरेका हुन् । जारी टी २० विश्वकपमा दुई खेल मात्रै खेलेको सन्दीपले नयाँ रेकर्ड बनाएका हुन् । यसअघि रसिद खानको नाममा ५३ खेलमा १०० विकेट लिएको रेकर्ड छ ।

यसअघि नेपाली लामिछाने एक दिवसीय खेलमा कम खेलमै १०० विकेट लिने विश्वका पहिलो बलर बनेका थिए ।

एक दिवसीयपछि उनले ४२ खेल खेलेर १०० विकेटको कोशे ढुङ्गा पूरा गरेसँगै टी २० मा पनि रेकर्ड बनाएका हुन् । लामिछाने एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा १०० विकेट लिने पहिलो बलर हुन् ।

सम्बन्धित समाचार