क्रिकेट खेलाडीसहित अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने सबैलाई नगद पुरस्कार प्रदान

0 Shares

काठमाडौं । अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।

आइतबार काठमाडौंमा एक कार्यक्रमबीच अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।

पुरस्कार पाउनेमा १९ औँ एसियाली खेलकुदमा रजत विजेता एरिका गुरुङ, १९ औँ एसियाली खेलकुदमा काँस्य विजेता राष्ट्रिय महिला कबड्डी टिम, चौथो एसियाली पारा खेलकुदमा काँस्य विजेता पलेशा गोवर्धन र आइसीसी पुरुष टी २० विश्वकप फाइनल एसियामा रजत विजेता राष्ट्रिय क्रिकेट टिमलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।

सरकारको तर्फबाट खेलाडीहरूलाई दुई करोड ९७ लाख १० हजार रकम बराबरको सम्मान र पुरस्कार प्रदान गरिएको हो ।

जसमा १९ औँ एसियाली खेलकुदमा काँस्य विजेता राष्ट्रिय महिला कबड्डी टिमक सदस्यलाई जनही तीन लाख ९० हजार प्रदान गरिएको छ । चौथो एसियाली पारा खेलकुदमा काँस्य विजेता पलेशा गोवर्धनलाई १३ लाख प्रदान गरिएको छ ।

त्यस्तै, १९ औँ एसियाली खेलकुदमा रजत विजेता एरिका गुरुङलाई १९ लाख ५० हजार प्रदान गरिएको छ । आईसीसी पुरुष टी २० विश्वकप फाइनल एसियामा रजत विजेता राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही १३ लाख नगद रकम प्रदान गरिएको छ ।

सम्बन्धित समाचार