काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)को आईटी आर्मीले वैदेशिक रोजगारीमा जाने युवासँग बिना रसिद लिएको अवैध रकम फिर्ता गराउन माग गर्दै प्रदर्शन गरेको छ ।
‘ठग मेनपावर र एजेण्टलाई करवायी ग़र, बेरोजगारको व्यापार बन्द गर, पीड़ितलाई न्याय देऊ, अलपत्र परेका नेपालीलाई उद्धार गर !’ जस्ता नारासहित काठमाडौंको कालीमाटीबाट निस्केको जुलुस प्रहरीको घेराबन्दी एवं अवरुद्धको कारण सोल्टीमोडमा समापन भएको थियो ।
वैदेशिक रोजगार पीडितलाई न्याय दिन तत्परता देखाउनुको सट्टा वर्तमान सरकार ठग मेनपावरसँग मिलेर बेरोजगारको व्यापार गर्ने दिशामा अग्रसर देखिएको भन्दै आईटी आर्मी प्रदर्शनमा उत्रिएको छ ।
आईटी आर्मीले सरकारको यस गलत रवैयाविरुद्ध संघर्ष एवं भण्डाफोरबिना वैदेशिक रोजगार पीडितले न्याय नपाउने भन्दै तसर्थ न्याय दिलाउन शुरू भएको आन्दोलनमा विशेष सहयोगको अपील गरेको छ ।