बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

0 Shares

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगर ७ चाबहिल बस्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही महानगर २९ घर भएका ५६ वर्षीय सुरेन्द्र बहादुर श्रेष्ठ रहेका छन् । उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार