सात वटा इन्टरनेट कम्पनीको अनुमति पत्र खारेज

0 Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सात वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको अनुमति पत्र खारेज गरिदिएको छ ।

कम्पनीहरूले तोकिएको समयभित्र अनुमति पत्र नवीकरण बापतको दस्तुर नबुझाएको भन्दै अनुमति पत्र खारेज गरेको हो । कम्पनीले निवेदन पेस नगरेको भन्दै अनुमति पत्र रद्द गरेको जनाएको छ ।

प्राधिकरणका अनुसार सेवा प्रदायकको अनुमति पत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम स्वतः रद्द भएको छ ।

अनुमति पत्र रद्द भए पनि ती सेवा प्रदायकले नेपाल सरकार तथा प्राधिकरणमा नियमानुसार तिर्न वा बुझाउन पर्ने रकम ३० दिनभित्र बुझाउनु पर्ने छ ।

प्राधिकरणले रद्द गरेको सेवा प्रदायकमा वशिष्ठ केबल, इन्फो नेट टेक्नोलोजी, सिम्पल इन्टेलिजेन्स सिस्टम एण्ड टेक्नोलोजी, एसिया नेट कम्यूनिकेश, फास्ट स्पिङ लिंक, यस नेट नेपाल, मिथिला डिजिटल नेपाल रहेको छ ।

सम्बन्धित समाचार